पालिकास्तरीय बाल सञ्जाललाई अभिमुखीकरण
पाेखरा | जेठ १७, २०८१
पोखरा: कास्कीको मादी गाउँपालिकामा पालिकास्तरीय बाल सञ्जालका पदाधिकारी केन्द्रित बालअधिकारसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मादी गाउँपालिकाका अध्यक्ष देवीजङ गुरुङले बालबालिकासँग सम्बन्धित अनेकौ चुनौती रहेतापनि पालिकाले आगामी आर्थिक वर्षको बजेट योजनाको क्रममा रहेकाले बालबालिकाको क्षेत्रमा पनि पर्याप्त बजेट विनियोजन गर्ने बताए ।
उनले पालिका सदा नमूना बालसंजालको रूपमा पहिचान बनाउन तत्पर रहेकाले बालबालिकासँग सम्बन्धित समस्या तथा आवश्यकताबारे समयमै पालिकामा जानकारी गराउनुसमेत अनुरोध गरे ।
मादी गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङले संजालका पदाधिकारी र अन्य बालबालिकालाई आफ्नो पहिचान, अनुशासन र इमान्दारितालाई पहिचान गरेर भविष्यको असल नेतृत्वकर्ता बन्न सुझाव दिइन् ।
मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले बाल संजालको सफल कार्यकालको शुभकामना दिदैँ अधिकारसँगै कर्तव्यको पालनामा जोड दिन सुझाव दिए ।
यही ज्येष्ठ १५ र १६ गते मादी–३, याङ्जाकोटमा सञ्चालित उक्त अभिमुखीकरणमा राष्ट्रिय बालअधिकार परिषद्, गण्डकी प्रदेशका समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले भने सहजीकरण गरेका थिए ।
मादी गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा गुड नेवर्स इन्टरनेसनल नेपाल र नौलो घुम्ती नेपालको साझेदारी रहेको थियो ।
बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने राष्ट्रिय नारालाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा पालिकाका १२ वटै वडाका १३ विद्यालयका २६ बालबालिका तथा बालक्लबका संरक्षक शिक्षकको सहभागिता रहेको थियो ।
बालबालिकासम्बन्धी नियमावली २०७८ को परिच्छेद ०२ बमोजिम गठित १३ सदस्यीय पालिकास्तरीय बाल संजालका पदाधिकारीको काम, कर्तव्य र अधिकारको विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा धनुवास कालिका मा.वि. मादी ७ का बाल संजालका अध्यक्ष रेनिशाकुमारी शाहीले अभिमुखीकरण लाभदायक रहेको बताइन् । कार्यक्रमको सञ्चालन पालिकाका बाल कल्याण अधिकारी कर्णकुमारी गुरुङले गरेकी थिइन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

